काठमाडौँ – संघीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्ने तयारी छ। बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हुनेछ। कानुन समितिको बैठकमा स्थलगत अनुगमन र समितिका आगामी कामबारे छलफल हुने छ।
त्यस्तै, विकास समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) र आगामी कोप २९ मा नेपालको सहभागिता सम्बन्धी तयारीमा पनि चर्चा हुनेछ। दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।
ईप्रेस मिडिया
आश्विन ०६, २०८१

