इत्तिफाकमाथि अल नासरको शानदार जित

खेलकुद

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, सलेम अल नाजदी र टालिस्काले एक एक गोल गरेका थिए ।
यो यस सिजनमा अल नासरको दोस्रो जित हो । २ खेल बराबरी खेलेको अल नासरको ४ खेलमा ८ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यस्तै अल इत्तिफाकको भने यस सिजनमा यो पहिलो हार हो । ४ खेलमा इत्तिफाकको ९ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *