नेसनल लाइफ इन्स्योरेन्सले १०% नगद र ४% बोनस सेयर दिने

अर्थतन्त्र

काठमाडौं – नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब २० करोड ८० लाख रुपैयाँ पुग्नेछ।

यो लाभांश वितरण बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन्।

नेसनल लाइफ इन्स्योरेन्सको यो घोषणाले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *