कांग्रेसले ओली नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्ने

राजनीति हेडलाइन

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्ने बताएका छन्। यो निर्णय गत असार १७ गते मध्यराति भएको समझदारी अनुसार गरिएको उनले स्पष्ट पारे।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले भने, “हामीले अहिले ओलीजीलाई समर्थन गर्नेछौं। त्यसमा हामी प्रतिबद्ध छौं, त्यही अनुसार हाम्रो पत्र राष्ट्रपतिकोमा जान्छ।”

उनले एमाले र कांग्रेसबीच कुनै व्यापारीको घरमा बसेर समझदारी भएको भन्ने विषयलाई निराधार भन्दै खण्डन गरे। उनले धारा ७६ (२) अनुसार नयाँ सरकार बनाउन कुनै समस्या नहुने पनि बताए।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएपछि प्रधानमन्त्री पद रिक्त भएको थियो। अब संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *