काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बिहान सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्दैछ। बैठकमा प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा लिन लागेको विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय हुने रास्वपाका कार्यवाहक प्रवक्ता एवं सांसद मनीष झाले जानकारी दिएका छन्।
रास्वपाले प्रधानमन्त्री प्रचण्डकै आग्रहमा विश्वासको मत लिने दिन आज सहयोगका लागि भनेर सरकारबाट राजीनामा नदिएको हो। बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।
यस बैठकको निर्णयले वर्तमान सरकारको भविष्यलाई प्रभाव पार्न सक्ने भएकाले यसलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। रास्वपाको समर्थन वा विरोधले प्रधानमन्त्री प्रचण्डको विश्वासको मत प्राप्त गर्ने प्रयासमा निर्णायक भूमिका खेल्न सक्छ।

