एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिने

प्रदेश-पालिका हेडलाइन

काठमाडौं, २२ असार: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार सिंह नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ। एमाले मधेस प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टी नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिएका छन्।

मुख्यमन्त्री सिंहले आज बिहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *