रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

राजनीति हेडलाइन

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले दायर गरेको यो रिटमा गृहमन्त्री लामिछाने पदमा रहँदा सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गरिएको छ।

यसअघि असार ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि रिटलाई ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ। साथै, लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न पनि माग गरिएको छ।

आजको सुनुवाइले गृहमन्त्री लामिछानेको पदमा रहने वा नरहने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। यस निर्णयले नेपालको राजनीतिक परिस्थितिमा पनि प्रभाव पार्न सक्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *