लोकसेवाको आकर्षणमा कमी: वैदेशिक रोजगार र निजी क्षेत्र प्रमुख कारण

शिक्षा हेडलाइन

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा लोकसेवा आयोगको परीक्षामा सहभागी हुन दरखास्त दिने युवाको संख्यामा उल्लेख्य कमी आएको छ। यस वर्ष करिब १० हजार कम आवेदन परेका छन्। यसको प्रमुख कारण वैदेशिक रोजगारीको आकर्षण, निजी क्षेत्रमा बढ्दो रोजगारीका अवसर र सरकारी सेवामा आकर्षक सेवा सुविधाको कमीलाई मानिएको छ।

आयोगको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा सरकारी सेवाप्रतिको आकर्षणमा उतारचढाव देखिएको छ। आव २०७९-८० मा फाराम भरेकामध्ये ३ हजार ६ सय ७५ जना मात्र स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए, जसले यो परीक्षाको कठिनतालाई दर्शाउँछ र सरकारी सेवामा प्रवेश गर्न कडा प्रतिस्पर्धा रहेको पुष्टि गर्दछ।

आयोगले लिने परीक्षामध्ये अप्राविधिक खरिदार पदमा सबैभन्दा बढी आवेदन पर्ने गरेको छ। खरिदार, नायब सुब्बा र शाखा अधिकृतपछि सबैभन्दा बढी आवेदन अप्राविधिक उपसचिव पदमा परेको छ। यसले युवाहरूको रोजाइका पदहरूमा पनि विविधता रहेको संकेत गर्दछ।

सरकारी सेवाप्रतिको आकर्षण कर्णाली प्रदेशमा बढेको देखिएको छ भने मधेस प्रदेशमा भने यो संख्या झिनो घटेको छ। यसले देशका विभिन्न क्षेत्रका युवाहरूको सरकारी सेवाप्रतिको धारणा र प्राथमिकतामा भिन्नता रहेको देखाउँछ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *