गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समिकरणसँग जोडिएर आयोः मन्त्री चौधरी

राजनीति

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धि प्रकरण नयाँ सत्ता समिकरणसँग जोडिएर आएको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । पत्रकारिता पेशामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुभएको प्रसंग कोट्याउँदै उहाँले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्तासमिकरणमा पनि जोडिएर आएको बताउनु भयो । पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भएपनि सम्मानित पेशा भएको बताउनु भयो । उहाँले पत्रकारिता पेशालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको समेत बताउनु भयो ।
मन्त्री चौधरीले भन्नुभयो, ‘पत्रकारिता पेशामा दुःख चाहीँ छ । तर आफूलाई माहौल बनाउँदै गयो भने यो सेक्टर पनि नराम्रो होइन । तपाईहरुकै पत्रकारिता क्षेत्रबाट अहिले नेपाल सरकारको उपप्रधानमन्त्री माननीय गृहमन्त्री हुनुहुन्छ । भनेपछि तपाईहरु यदि राम्रो ढंगले जाने हो भने यद्यपि केही कुराहरु उहाँको विषयमा उठेको अवस्था छ । यो समिकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ । तथापि पनि यो पेशा नराम्रो होइन । त्यसो त यो सम्मानित पेशा हो । गर्नसक्यो भने धेरै राम्रो हुनसक्छ ।’

मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेशाको रुपमा अघि बढाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलको स्मरण समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *