काठमाडौं उपत्यकामा चाँडै आधुनिक ट्राफिक लाइट व्यवस्था गर्ने तयारीमा छौंः उपप्रधानमन्त्री महासेठ

प्रदेश-पालिका

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चालु आर्थिक वर्षको अन्त्यमा काठमाडौं उपत्यकामा आधुनिक ट्राफिक लाइट व्यवस्था गर्ने तयारी गरेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान तथा भौतिकमन्त्री महासेठले यस्तो बताउनुभएको हो । उहाँले नेपालको यातायात सुधार गर्न सवारी साधन सुधार गरेर मात्रै नहुने भन्दै ट्राफिक व्यवस्थापन पनि सुधार हुन आवश्यक रहेको बताउनु भयो । उहाँले त्यसको लागि बजेटको व्यवस्थापन गरी पहिलो पटक काठमाडौं उपत्यकामा आधुनिक ट्राफिक लाइट व्यवस्था गर्न लागिएको बताउनु भयो । उहाँले पहिलो चरणमा काठमाडौं,ललितपुर र भक्तपुर त्यसपछि पोखरा,नेपालगञ्ज,विराटनगर,जनकपुर र वीरगञ्ज जडान गरिने बताउनु भयो । मन्त्री महासेठले आवश्यकताअनुसार सरकारले यातायात क्षेत्रमा सुधारहरु गर्दै जाने बताउनु भयो । उहाँले साझा यातायातले बाँकी अन्य विद्युतीय बसहरु पनि ल्याएर सञ्चालन गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘विद्युतीय ट्याक्सी र बसहरुलाई भौतिक मन्त्रालयले दिनसक्ने र सरकारले दिन सक्ने सहुलियतको विषयमा छलफल भइरहेको छ । ट्याक्सी र बस सञ्चालनको लागि महँगो भइरहको डिजेल र पेट्रोललाई विस्तारै बिस्थापित गरेर विद्युतीय सवारी साधन कसरी सञ्चालन गर्ने भन्ने विषयमा होर्मक गर्छौं । यातायात व्यवस्थापन सवारी साधन सुधार गरेर पनि हुँदैन । ट्राफिक सुधार हुनुपर्छ । प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । कसरी हुन्छ पहिलाको जस्तै व्यवस्थित गर्नुस् । अहिले सरकारले नेपालमा पहिलो पटक यही आर्थिक मसान्तबाट शुरु गरेर आधुनिक ट्राफिक लाइट व्यवस्था गर्न गइरहेका छौ । पहिलो चरणमा काठमाडौं,ललितपुर र भक्तपुर त्यसपछि पोखरा,नेपालगञ्ज,विराटनगर,जनकपुर र वीरगञ्ज गर्नेछौं । बजेट व्यवस्थापन पनि गरिरहेका छौ । आवश्यकता अनुसार सरकारले यातायात क्षेत्रमा सुधारहरु गर्दै जानेछ । अन्य बसहरु ल्याएर सञ्चालन गर्न साझा यातायातलाई सरकार सहयोग गर्न तयार छ ।’

उहाँले विद्युतीय ट्याक्सी र बसहरुलाई भौतिक मन्त्रालयले दिनसक्ने र सरकारले दिनसक्ने सहुलियतको विषयमा छलफल भइरहेको बताउनु भयो। उहाँले  ट्याक्सी र बस सञ्चालनको लागि महँगो भइरहको डिजेल र पेट्रोललाई बिस्तारै बिस्थापित गरेर विद्युतीय सवारी साधन सञ्चालन गर्ने भन्ने विषयमा होमवर्क गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *