रास्वपा लक्षित गगनको टिप्पणीः ‘नयाँ राजनीतिक दलले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हो’

राजनीति हेडलाइन

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताउनुभएको छ ।

शनिवार ललितपुरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित टिप्पणी गर्दै उहाँले कानूनको शासन भन्दा माथि कोही पनि नहुने जिकिर गर्नुभयो । उहाँले प्रश्न भन्दा माथि कोही पनि नरहेको बताउनु भयो । उहाँले प्रश्न भन्दा माथि कोही पनि नेता नरहेको बताउनु भयो । उहाँले सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने बताउनु भयो । उहाँले सर्वसाधारणले गरेको कुनै कीर्ते कीर्ते नै हुने भएकाले शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कानूनको शासनको लागि हामी उभिन्छौँ भन्नुको अर्थ प्रश्न भन्दा माथि कोही छैन । प्रश्न भन्दा माथि कोही शक्तिशाली पनि छैन । प्रश्न भन्दा माथि कुनै नेता छैन । प्रश्न भन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन् । कोही पनि प्रश्न भन्दा माथि छैनन् । कोही पनि कानून भन्दा माथि छैन । यदी एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको पनि ठगी ठगी नै हो । यदी सर्वसाधारणले गरेको कुनै काम कीर्ते कीर्ते हुन्छ भने शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुन्छ । एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पतीको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदी सार्वजनिक सम्पतीको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ । भ्रष्टारचार काँग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ,नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टचार नै हुन्छ ।’

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै काँग्रेसले देशको उद्योग धन्दा बेचेर खाएको आरोप लगाउनुभएको भन्दै कम्युनिष्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौति दिनुभयो । उहाँले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिष्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गर्नुभयो । उहाँले सरकारले उद्योग धन्दा गर्ने नभइ निजी क्षेत्रले गर्नेमा कम्युनिष्टहरु जानकार रहेकाले पनि खोल्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एउटा कम्युनिष्ट पार्टीको नेता, पूर्वप्रधानमन्त्रीले बेला बेलामा उभिएर के भनिदिनुहुन्छ भने काँग्रेसले उद्योग धन्दा बेचेर खायो भनिदिनुहुन्छ । ल अहिले कम्युनिष्ट पार्टीको सरकार छ । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ, अहिलेको गठबन्धनको सर्वोच्च नेता केपी शर्मा ओली हुनुहुन्छ । अर्थमन्त्री वर्षमान पुन हुनुहुन्छ, सबै कम्युनिष्ट पार्टीको सरकार छ । काँग्रेसलाई पटक पटक उद्योग कलकारखाना बेचेको आरोप लगाएको होइन, ल यसपाली बजेट तपाईहरुले बनाउने, यसपालिको बजेटमा म सरकारलाई यहीँबाट सरकारसँग माग राख्छु, यो पटकको बजेटमा काँग्रेसले बेचेर खाएको हुनाले गर्दा तपाईले यो पटक खोल्नुस् ल । नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको सरकारले चुरोट कारखाना खोलोस् । जुत्ता, रक्सी, सिमेन्ट, कपडा खोल्नुस्, एउटा खोलेर देखाओस् ल । तपाईहरुको हातमा डाडु पनिउ छ खोल्नुस् । उहाँहरुले खोल्नुहुन्न, उहाँहरुलाई थाहा छ, सरकारले चुरोट, रक्सी बनाउने होइन रहेछ ।’ 

महामन्त्री थापाले २०८१ साललाई नेपाली काँग्रेसको पुनःजागरणको साल बनाउनुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *