काठमाडौँ- सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भंग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिटमा अन्तरिम आदेश जारी भएको बताए।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो।
महानगरले असार ३० गतेको नगर सभाबाट मातहतका सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंगको निर्णय गरेको थियो। समिति भंग गरेर सम्बन्धित वडाका वडाध्यक्षलाई नै पदेन अध्यक्ष बनाउने निर्णय महानगरले गरेको थियो।
Related posts:
- दशैँका लागि अग्रिम टिकट लिनेको भीड-(फोटो फिचर) काठमाडौं । दशैँमा घर जाने यात्रुका लागि आज (सोमवार) देखि...
- १५ दिने भ्रमण पछि प्रधानमन्त्री स्वदेश फर्किए-(फोटो फिचर) काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन बिमानस्थलमा...
- जडिबुटीको बसपार्क नभत्काउन उच्च अदालत पाटनको अन्तरिम आदेश काठमाडौं, २१ असोज । काठमाडौंको जडिबुटीमा निर्माण गरिएको बसपार्क नभत्काउन...
- माइतीघरमा शोकसभा, श्रद्धाञ्जलीमा दीप प्रज्वलन (फोटो फिचर) काठमाडौँ- काठमाडौँको माइतीघरमा शोकसभा र दीप प्रज्वलन गरिएको छ। इजरायलमा मारिएका...

