सर्लाहीको बरहथवा मा अहिले सुरक्षा संयन्त्रको बैठक बस्ने

प्रदेश-पालिका हेडलाइन

काठमाण्डाै, २१ पुष – सर्लाहीको बरहथवा बजार क्षेत्रमा आज बिहान ८ बजेसम्मका लागि लगाएको कर्फ्यु कायमै राखिएको थियो ।

पछिल्लो अवस्थाको आकलन गरी थप निर्णय गर्न अहिले सुरक्षा संयन्त्रको बैठक बस्न लागेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताउनुभयो । शुक्रवार तनाव भएको ठाउँमा प्रहरी खटिएका छन् ।

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो।

प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा

बरहथवा–५ का जयशंकर शाह रहेका छन् । प्रहरीले भने एक जनाको ज्यान गएको खबर प्राप्त भए पनि पहिचान भइनसकेको बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *