उसैले उत्पादन गरेकाे बिधुत मात्र हाेइन, जसले गरेकाे भए पनि भारतले किन्ने हाेः प्रधानमन्त्री

अर्थतन्त्र हेडलाइन

काठमाडाैं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसले उत्पादन गरे पनि भारतले १० हजार मेघावट बिधुत किन्ने जानकारी दिएका छन् ।
 
शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् -काम, कर्तव्य, अधिकार र कार्यविधि_ सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त जानकारी दिएका हुन् ।
‘भारतले खरिद गर्ने भनिएकाे विधुत् उसले मात्र निर्माण गर्ने हैन, जताबाट उत्पादन भएपनि १० हजार मेगावट भारतले किन्ने सम्झौता भएको हो,’ प्रधानमन्त्री प्रचण्डले बैठकमा भने । 
 
नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले लगानी गरेर उत्पादन गरेकाे बिजुली मात्रै किन्ने बिषयमा सम्झाैता भएकाे भए, त्याे गलत हुने भन्दै प्रधानमन्त्रीकाे जवाफ माग गरे पछि उनले साे प्रस्टीकरण दिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *