भारतको ऊर्जा मन्त्रालयको टोली काठमाडाैंमा

अर्थतन्त्र हेडलाइन

काठमाडाैं, १८ पुस । नेपाल- भारतबीच मध्यकालीन र दीर्घकालीन ऊर्जा समझौता गर्न भारतको ऊर्जा मन्त्रालयको टोली काठमाडाैं आइपुगेको छ।
दुवै देशका परराष्ट्र मन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत व्यापार समझौतामा भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

नेपाल भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बुधबार काठमाडाैंमा बस्दै छ। यस बैठकमा इनर्जी बैंक बनाउनबारे सहमतिको प्रयास हुनेछ। सहसचिवस्तरमा हुने सहमतिलाई यही पुस २०-२१ मा चितवनमा हुने ऊर्जा मन्त्रालयका सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइनेछ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *