भारतको असाममा बस दुर्घटना हुदाँ १२ को मृत्यु

अन्तराष्ट्रिय अपराध

असाम, १८ पुस । आसामको गोलाघाट जिल्लाको डेरगाउँ क्षेत्र नजिक आजबिहान बस र ट्रकबीच भीषण ठक्कर भएको छ ।
 
सो सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।
 
गोलाघाटका एसपी राजेन सिंहले यो दुर्घटना गोलाघाटको डेरगाउँ नजिकै बलिजान क्षेत्रमा बिहान ५ बजे भएको थियो, उनका अनुसार अहिले घाइतेहरूको उपचार भइरहेको छ ।
 
भारतीय सञ्चारमाध्यमका अनुसार सो बसमा ४५ जना सवार थिए । जोरहट मेडिकल कलेज र अस्पतालका एक वरिष्ठ डाक्टरले पत्रकारहरूलाई दिएको जानकारी अनुसार सो दुर्घटनामा घाइते भएका मध्ये ३० जनाको उपचार भइरहेको छ।
 
गोलाघाटको कामरगाउँबाट तिनसुकिया जिल्लाको तिलिंगा मन्दिरतर्फ पिकनिकका लागि जाँदै गरेको बस बिहान साढे ४ बजे सडकमा रहेको ट्रकसँग ठोक्किएर दुर्घटना हुन पुगेको जनाइएको छ । जोरहाट दिशाबाट ट्रक गलत दिशामा आउँदै गरेको प्रहरीले जनाएको छ ।
 
बस सही बाटोमा थियो तर दुवै सवारी साधन तीव्र गतिमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *