१५ वटा दूरसञ्चार सेवा प्रदायकको नाममा ७ दिने सूचना

अर्थतन्त्र

नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न १५ वटा दूरसञ्चार सेवा प्रदायकको नाममा सूचना जारी गरेको छ । प्राधिकरणबाट अनुमति प्राप्त ती सेवा प्रदायकले अडिटेड वित्तीय विवरण नबुझाएको, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाएको र बक्यौता रकम जम्मा गर्न पनि आनाकानी गरेका कारण आजको मितिले ७ दिनभित्र सम्पर्क गर्न सूचित गरिएको छ । 
अन्यथा अनुमति खारेजीको प्रक्रिया अघि बढ्ने प्राधिकरणले स्पष्ट गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *