हरिशयनी एकादशी आज: तुलसीको विशेष पूजा सुरु, नारायण मन्दिरमा भक्तजनको घुइँचो

कला विचार-वार्ता हेडलाइन

आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि घरघरमा तुलसीको विशेष पूजाआराधना सुरु हुँदैछ। यो पूजा चार महिनासम्म चल्नेछ। सनातन परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ र यस दिनदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ।

वरिष्ठ ज्योतिष एवं पण्डित डा. रुद्रनाथ अधिकारीका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो।

हरिशयनी एकादशीको अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ।

चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि रहेको पनि वरिष्ठ ज्योतिष अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *