सेयर बजार ४७.७५ अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार

अर्थतन्त्र

काठमाडौं, १० मंसिर । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा आएर बन्द भएको छ । 
 
पछिल्लो समययता उत्तारचढाप आइरहेको सेयर बजारमा आइतबार कारोबार रकमले पनि कारोबारीलाई उत्साहित बनाएको छ । यसदिन २९४ कम्पनीको ६६ हजार ५१६ पटक कारोबार हुँदा ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ । 
 
यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य बढ्दा २३वटाको ओरालो लागेको छ भने ३वटाको स्थिर छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *