सुपर लिगः आज काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै

खेलकुद हेडलाइन

काठमाडौं, १० पुस । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटर खेल आज लिग चरणमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटीबीच हुदै छ । यो खेल आज साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुने छ ।
 
यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिम पोखरा ठण्डर्ससँग खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुने छ ।
 
जारी एनएसएलको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा ठण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । 
लिग चरणका खेलहरु सकिएपछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका छन् । जसमा पोखरा ठण्डर्स १५ अंकसहित शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो ।
 
त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुदै प्लेअफमा छनौट भएको हो ।

त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०–१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन् ।

त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौ, बीरगंज युनाइटेड र स्पोर्टिंग इलामले ८(८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन् ।त्यस्तै दोस्रो क्वालिफायर विहिबार हुदै छ । त्यस्तै यस सिजनको फाइनल खेल भने शनिबार हुदै छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *