सुनचाँदीको भाउ स्थिर

अर्थतन्त्र

काठमाडौ, १९ असोज । सुनचाँदीको भाउ शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनो भाउ प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण रहेको छ । 
 
यता, चाँदीको भाउ पनि लगातार तेस्रोदिन स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ । यसअघि बिहीबार पनि सुन-चाँदीको भाउ यही मूल्यमा कारोबार भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *