सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलाकै १ लाख २२ हजार रुपैयाँ पुग्यो

अर्थतन्त्र

काठमाडौं, १२ पुस । सुनको भाउ तोलाकै १ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
 
बुधबारको तुलनामा बिहीबार १ हजार ३०० सय रुपैयाँले बढेर छापावाला सुन तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो।
 
यसअघि १८ मंसिरमा १ लाख २१ हजार ६०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । यसलाई तोड्दै बिहीबार नयाँ रेकर्ड कायम गरेको हो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *