काठमाडौँ, चैत्र १८, २०८१
ईप्रेस संवाददाता
नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ उचाइ छोएको छ । लगातार उकालो लाग्दै आएको सुनको भाउले सोमवार हालसम्मकै उच्च विन्दु कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो रेकर्डभन्दा १,१०० रुपैयाँले बढी हो ।
यससँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । सोमवार चाँदी प्रतितोला १,९३५ रुपैयाँमा कारोबार भएको छ, जुन आइतवारको १,९२५ रुपैयाँको तुलनामा १० रुपैयाँले बढी हो ।
सुनको मूल्यमा आएको यो उछालले बजारमा नयाँ तरङ्ग ल्याएको छ । महासंघले यो वृद्धिलाई अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागसँग जोडेको छ । सुनको यो नयाँ रेकर्डले उपभोक्ता र व्यवसायी दुवैमा मिश्रित प्रतिक्रिया देखिएको छ, जसले आगामी दिनमा बजारको गतिलाई थप रोचक बनाउने अनुमान गरिएको छ ।

