सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २१ हजार 

अर्थतन्त्र

काठमाडौं, १८ मंसिर । नेपाली बजारमा सुनको भाउ आकासिएको छ । 
 
बिहेको लगनका कारण पनि पछिल्लो समयमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाऊँले पुनः नयाँ रेकर्ड कायम गरेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको छ, जसअनुसार आज सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय पुगेकाे छ ।
 
 
आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो ।
 
नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा नै हिजोका भाऊमा नै स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *