सुदूरपश्चिमबाट कर्णाली प्रवेश गर्‍यो एमाले

राजनीति हेडलाइन

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुरु गरेको संकल्प यात्रा सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गरेको छ। एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गरेको ह

पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको संकल्प यात्राको टोली कर्णाली प्रदेश प्रवेश गरेको हो। मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा सुदूरपश्चिमका विभिन्न जिल्लामा कार्यक्रम गर्दै आइतबार अछामबाट दैलेख जिल्ला प्रवेश गरेको एमालेले जनाएको छ ।

सुदूरपश्चिमको अछाम र कर्णाली प्रदेशको दैलेख जोड्ने पुलमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेपछि अभियानको टोली कर्णाली प्रवेश गरेको हो।अभियानको क्रममा नेता डा भीम रावल भने मौन देखिएका छन। उनलाई पार्टीले कुनै जिम्मेवारी र समन्वय नगरेको भन्दै पार्टी भित्र आलोचना समेत भइरहेको छ।

प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरा पुगेर देउवालाई फोन गरेका ओलीले अछाममा पुग्दा समेत आफ्नै पार्टीका नेता रावललाई नसम्झिएको भन्दै एमाले कार्यकर्ताले रोष प्रकट गरेका छन्। संकल्प यात्राको क्रममा रावल निकट एमाले कार्यकर्ताले रावलको खोजी समेत गरिरहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *