काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरु हुँदै छ। दक्षिण एसियाका ७ देशका युवा टिमहरूले यो प्रतियोगिता खेल्दै छन्। आज हुने उद्घाटन खेलमा भारत र बांगलादेश भिड्ने भएका छन्। नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल सुरु हुनेछ। भारत गत संस्करणको उपाधि विजेता टोली हो।
नेपालको पहिलो खेल पाकिस्तानविरुद्ध, उपाधि जित्ने लक्ष्य
नेपालले आफ्नो पहिलो खेलमा शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ। नेपाली टिमले भुटान उत्रिएपछि बुधवार नै अभ्यास सुरु गरेको थियो। मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताएका छन्।
उनले काठमाडौँमा गरेको राम्रो अभ्यास र भुटानको मौसमले नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे। साथै, उनले सबै खेलाडीहरू फिट रहेको र २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने योजना रहेको बताए। नेपाल सन् २०२२ मा उप विजेता भएकोले यस पटक उपाधि जित्ने लक्ष्यसाथ मैदानमा उत्रिँदै छ।
नेपाल र पाकिस्तानबीचको खेल शनिबार पौने २ बजे चाङ्लिमिथिाङ रंगशालामा हुने छ।
ईप्रेस मिडिया
आश्विन ४, २०८१

