साइन रेसुंगा बैंकका कर्मचारी मृत भेटिए

अर्थतन्त्र

बुटवल, २ पुस । बुटवलस्थित साइन रेसुंगा बैंकमा कार्यरत गुल्मीका एक कर्मचारी मृत भेटिएका छन्। बुटवल ट्राफिकचोकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलकै पर्यटकीयस्थल फूलबारीमा सोमबार मृत भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार उनी बुटवल-११ देविनगरमा कोठा भाडामा बस्दै आएका थिए। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *