सर्वोच्च अदालतले भारती शेर्पाको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले अदालतको भुइँ ढोग्दै आफूले न्याय पाएको सन्देश दिईन

राजनीति हेडलाइन

काठमाडौँ । सर्वोच्च अदालतले चेतन मानन्धरकी पत्नी भारती शेर्पाको पक्षमा फैसला सुनाएपछि भारतीले रुँदै सर्वोच्चको भुइँ ढोगेकी छिन्

सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले अदालतको भुइँ ढोग्दै आफूले न्याय पाएको सन्देश दिएकी हुन् ।

नेपालगञ्ज निवासी मानन्धरका हत्यारा योगराज ढकाल (रिगल) को कैद मिनाहको निर्णय बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न अदालतले आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि रिगल नेपालगञ्जबाट पक्राउसमेत परिसकेका छन् ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश दिएको थियो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका मानन्धरकी पत्नी शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *