समानुपातिक बन्दसूचीमा भएकाहरुलाई राष्ट्रिय सभाको उम्मेद्वार बनाउन नपाईने

राजनीति

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तरगर्त समानुपातिक बन्द सूचीमा भएकाहरुलाई राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वजार बनाउन नहुने बताएको छ।

आइतबार निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै समानुपाति बन्द सूचीमा भएकाहरुलाई राष्ट्रिय सभाको उम्मेद्वार बनाउन नहुने बताएको हो।

प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचनमा गत आम निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार भई बन्दसूचीमा नाम समावेश रहेका व्यक्तिहरु उम्मेदवार बन्न नपाउने जनाएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *