संघीय संसद्को कार्यवहाक महासचिवमा पाण्डेयलाई जिम्मेवारी

राजनीति

काठमाडौं। संघीय संसद्को महासचिवमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई तोकिएको छ। सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई जिम्मेवार तोकेका हुन। गत सोमवार सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयलाई राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

यसअघिका महासचिव डा भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले ८ महिनाअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेयलाई महासचिव बनाउन लागिएको हो । तर राष्ट्रपतिले गौतमको राजीनामा स्विकृत गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *