शान्तिको पक्षमा आज काठमाडौंको रत्नपार्कमा जुलुश हुने

राजनीति हेडलाइन

भक्तपुर, १७ कार्तिक । प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको युवा र विद्यार्थी संगठनहरुले आज शुक्रबार राजधानीमा बृहत जुलुश गर्ने भएका छन् ।
 
पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिउँंसो १ बजे रत्नपार्कबाट बृहत्त जुलुश निकालिने जनाएको हो ।
 
‘अमेरिकी साम्राज्यवाद र अमेरिकी पिछलग्गु इजरायलको नरसंहारकारी तथा युद्ध पिपासु दुर्नियतको विरूद्ध’ भन्दै युवा विद्यार्थी संगठनले जुलुश गर्न लागेको जनाएका छन् ।  रत्नपार्कबाट हुने बृहत्त जुलुश सफल पार्न सबै न्यायप्रेमी तथा शान्तिप्रेमी महानुभावहरूलाई सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *