विश्व आर्थिक मञ्चमा जलवायु परिवर्तनको प्रभावबारे छलफल

अन्तराष्ट्रिय

जेनेभा, नोभेम्बर ८। विश्व आर्थिक मञ्चको आजको बैठकमा जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा पार्न सक्ने दीर्घकालीन प्रभावबारे व्यापक छलफल भएको छ।

विश्वका प्रमुख आर्थिक नीति निर्माताहरू र व्यवसायिक नेताहरूले सहभागी भएको यस बैठकमा हरित प्रविधिमा लगानी बढाउने र परम्परागत इन्धनमा निर्भरता घटाउने विषयमा छलफल केन्द्रित रह्यो।

विश्लेषकहरूका अनुसार आगामी दशकमा जलवायु परिवर्तन संबन्धी नीतिहरूले विश्वको आर्थिक संरचनामा ठूलो परिवर्तन ल्याउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *