विश्वकप क्रिकेट : अफगानिस्तानले छिमेकी प्रतिद्धन्दी पाकिस्तानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित

खेलकुद हेडलाइन

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले छिमेकी प्रतिद्धन्दी पाकिस्तानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक पाकिस्तानलाई हराएको हो ।

२८३ रनको लक्ष्य अफगान टोलीले १ ओभर अगाडि नै मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।

अफगानिस्तानको जितमा तीनजना खेलाडीले अर्धशतक बनाए । ओपनर इब्राहिम जार्दानले ८७ र रमातुल्लाह गुर्वाज ६५ रनमा आउट भए भने रहमत शाहले अविजित ७७ रनको योगदान गरे ।

हसमुल्लाह साहिदी पनि ४५ बलमा ४८ रन बनाएर नटआउट रहे । आज पाकिस्तानका कुनै बलर चलेनन् । शहिन शाह अफ्रिदी र हसन अलीले १-१ विकेट लिए ।

त्यसअघि भारतको चेन्नईमा पाकिस्तानले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा २८२ रन बनाएको थियो ।

कप्तान बाबर आजमले ७४ र अब्दुल्लाह शफिकले ५८ रन बनाए। अफगानिस्तानका नूर अहमदले ३ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *