लेवनानको सिमामा इजरायली सेना र हिजबुल्लाह समुहबिच गोली हानाहान्

अन्तराष्ट्रिय

तेल अहिव, २ पुस । इजरायल–लेबनान सीमामा फेरि गोलीबारी आदान प्रदान भएको छ ।
 
हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा गोलीबारी सुरू गरेको हो ।

हिजबुल्लाह समूहले सीमा नजिकै उत्तरी इजरायलको किबुट्ज हानिताको किनारमा इजरायली सेनालाई लक्षित गरेको र हताहत भएको बताएको छ। यसले इजरायली सैनिकहरूद्वारा संचालित चौकीमा दोस्रो आक्रमणको दावी पनि गरेको छ, जहाँ केही हताहत भएको पनि बताएको छ।
 
इजरायली सेनाले जवाफ दिँदै लेबनानमा हिजबुल्लाह पूर्वाधारमा प्रहार गरेको बताएको छ।
 
युद्ध सुरु भएदेखि सीमामा झडपहरू जारी छन्, जसमा झण्डै १०० हिजबुल्लाह लडाकू र कम्तिमा १५ नागरिकको मृत्यु भइसकेको छ। तर हालसम्म, त्यस्ता गोली हानाहान धेरै हदसम्म सीमावर्ती क्षेत्र र सैन्य चौकीहरूमा मात्र सीमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *