नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बेचन झा पक्राउ परेपछि सत्ता गठबन्धनमा फेरबदल आएको दाबी गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीको पटकपटकको आग्रहलाई प्रचण्डले स्वीकार गरेर समीकरण बदलिएको तर भ्रष्टाचार विरोधी अभियानका क्रममा बेचन झा पक्राउ परेपछि गठबन्धन टुटेको बताए।
दाहालले बेचन झा पक्राउ परेपछि उनको बयान लिन समेत रोक लगाइएको आरोप लगाए। उनले भने, “बचन झा को हुन् हामीलाई थाहा छैन? नेपाली जनतालाई थाहा छ। बेचैन झा को हुन् त्यो राम्रोसँग बालकोटलाई पनि थाहा छ बूढानीलकण्ठलाई पनि थाहा छ। बेचैन झा पक्राउ परेपछि अहिले बयान नलिनुस्, असार २८ गतेपछि मात्र लिनुस् भनेर फर्मान जारी भएको विषय पनि बजारमा आएको छ।”

