लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त

राजनीति हेडलाइन

काठमाडौँ – बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ। गड्तौला नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी हुन्। पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो। तेह्रथुमको पिप्लेमा जन्मिएकी लीलादेवीले नेपाल ल क्याम्पसबाट आईएल र बीएल पास गरेकी छन् र २०५२ सालमा न्याय सेवामा शाखा अधिकृतमा नियुक्त भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *