लिगलिगे दौडको उपाधि गजेन्द्र राईलाई

खेलकुद

गोरखा, १ कात्तिक । यसवर्षको गोरखाको पालुङटार हुने लिगलिगे दौड उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । पालुङटार नगरपालिका–५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड उनले ५६ मिनेट ३६ सेकेन्डमा पार गरेर दौड जितेका हुन् । 

बुधबार भएको ११ औं संस्करणको लिगलिगे दौड जित्दै उनले एक लाख रुपैयाँ पुरस्कार पनि हातत पारेका छन् । यस्तै उक्त दूरी ५६ मिनेट ५३ सेकेन्डमा पूरा गरेर दोस्रो भएका सेनाकै सेनाका नरेन्द्रसिं रावते ५० हजार रुपैयाँ पुरस्कार जितेका छन्।
५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भएका अनिश थापाले २५ हजार रुपैयाँ पुरस्कार जितेका हुन्।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *