लक्ष्मी कोइरी खोइ ? भन्दै रबिले प्रश्न गरे पछि रामहरीले शिर निहुराएँ

राजनीति हेडलाइन

काठमाडौं, १७ कार्तिक । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुइ नेताका बिचमा भएको एउटा भिडियो भाइरल भइरहेको छ। 
 
केही दिन अघि सो समितिमा भएको एउटा सम्बादको भिडियो दृश्य यतिखेर भाईरल भईरहेको हो ।
 
खासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले गृह मन्त्री हुदाँ सो समितिका सभापति सांसद मात्रै हुदाँ रामहरि खतिवडाले ‘लक्ष्मी महतो कोइरी खै ?’ भन्दै प्रश्न गरेका थिए । उनैले त्यसको अहिले उल्टै प्रश्न गरेर ‘बदला’ लिएका छन् ।  
 
तर, लामिछाने यतिखेर गृह मन्त्रीको जिम्मेबारी भन्दा बाहिर रहेका छन र खतिवडाको पार्टी नेपाली कांग्रेस सरकारमा सामेल छ । यस मौका पारेर लामिछानेले सभापति खतिवडालाई उल्टै प्रश्न गरेका थिएँ तर लामिछानको प्रश्नको भने खतिवडाले कुनै जवाफ दिएनन, बरु शिर निहुराएर निरुत्तर हुन पुगेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको हो ।
 
‘लक्ष्मी कोइरी महतो खोइ भनेर सभापतिज्युले बढो सोध्नु भएको थियो, अब म तपाइलाइ सोध्न चाहान्छु, तपाइको पार्टी सरकारमा छ, सबैभन्दा ठुलो दलको रूपमा छ, लक्ष्मी महतो कोइरी खै ?’  उनले यो प्रश्न गरे पछि सभापति खतिवडाले शिर निहुराएका थिए । जसलाई अहिले भाईरल बनाईएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *