राष्ट्र संघमा प्यालेस्टाइनले भन्यो, ‘इजरायलले गाजाबासीलाइ विस्थापन वा मृत्यु रोजायाे’

अन्तराष्ट्रिय

न्युयोर्क, १४ पुस । इजरायलले गाजावासीहरूलाई मृत्यु वा विस्थापनको विकल्प दिएको प्यालेस्टाइनले आरोप लगाएको छ ।
 
प्यालेस्टिनीका संयुक्त राष्ट्र संघीय दूत माजेद बाम्यालेले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै इजरायली कारबाहीबाट गाजाको व्यापक विनाश गरिएको र इजरायलको एकमात्र लक्ष्य जबरजस्ती विस्थापन भएको बताएका छन । 
 
‘उनी (इजरायल)हरू यो सुनिश्चित गर्न चाहन्छन् कि गाजामा प्यालेस्टाइनीहरूलाई फर्किने घरहरू छैनन्,’ उनले भने, ‘तिनीहरू यो सुनिश्चित गर्न चाहन्छन् कि उनीहरूलाई फर्कएमा जीवन पनि छैन।’
 
‘उनीहरू यो पनि सुनिश्चित गर्न चाहन्छन् कि गाजामा जीवन अब सम्भव छैन, एउटै उद्देश्यका साथ उनीहरूलाई जर्बजस्ती स्वैच्छिक बसाइँसराइ होस भन्ने चाहान्छन,’ उनले अगाडी भने, ‘प्यालेस्टिनीहरूका लागि यी मात्रै विकल्पहरू बाँकी रहेका छन्, विनाश वा विस्थापन अथवा मृत्यु वा विस्थापन ।’
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *