राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको पैदलयात्रा बुटवल पुगेर समापन

राजनीति हेडलाइन

काठमाडौं, १२ पुस – पुर्वी नवलपरासीको नरायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको पैदलयात्रा बुटवल पुगेर समापन भएको छ ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको दबाब यात्रा बुटवल पुगेर सकिएको हो ।

रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटीचोकबाट दबाबमूलक पदयात्रा थालिएको यात्रा बुटवल आइपुगेपछि समापन गरिएको छ ।

पैदलयात्राको समापनमा बोल्दै लामिछानेले विना पैसा कसैले काम गर्न नसक्ने भन्दै गरेको कामको भुक्तानी नपाएका कारण पनि काममा ढिलाइ भएकाले सरकारले ठेकदारलाई तत्काल भुक्तानी दिनुपर्ने बताए । उनले आफूहरुको लक्ष्य नेपाली जनताको दुःख हटाउनु रहेको भन्दै सबै सरोकारवालालाई एकैठाउँ राखेर छलफल गराउने तयारी रहेको पनि बताए ।

यो अभियानसँगै रास्वपाको मिसन ८० सुरु भएको बताउँदै देशभरका निर्माणाधीन आयोजनामा भएका ढिलाइप्रति खवरदारीको सुरुवात भएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *