राष्ट्रिय सभा अध्यक्ष दाहाल र गणतन्त्र कोरियाका राजदूतबिच शिष्टाचार भेट

राजनीति हेडलाइन

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताए-योङले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा बुधवार भएको शिष्टाचार भेटमा दुई देशबिचको सम्बन्ध र कोरिया–नेपालबिचको सहयोगलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।

सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र कोरियाबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबिच आर्थिक विकास, रोजगारी लगायत जनस्तरसम्मको सहयोग आदान प्रदान थप घनिष्ठ हुनेमा विश्वास व्यक्त गरे ।  सङ्घीय सांसदले नेपाल–कोरिया संसदीय मैत्री समूह गठन गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संसदीय मैत्री समूहमार्फत दुई देशका सांसदहरूबिच संसदीय अनुभव र अभ्यास एक अर्कामा आदान प्रदान गर्न सहज हुने बताए।

“हामीले सङ्घीय संसद्को तर्फबाट नेपाल–कोरिया संसदीय मैत्री समूह गठन गरेका छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “संसदीय मैत्री समूहले गठनले दुई देशबिचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै संसदीय अभ्यास र अनुभव आदान प्रदानमा विशेष भूमिका खेल्ने मैले विश्वास लिएको छु।”

भेटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्कल कोरिया-नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठले दुई देशबिचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुर¥याउने बताउनु भयो। उहाँले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकारले विशेष प्राथमिकता दिने पनि उल्लेख गरे ।

भेटमा राजदूत पार्कले नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहाललाई समकक्षी गणतन्त्र कोरियाको राष्ट्रिय सभाका सभामुख किम जिन प्योले पठाएको शुभकामना सन्देश सुनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *