राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्न निर्वाचन आयोगको सरकारलाई प्रस्ताव

राजनीति हेडलाइन

काठमाडौं। निर्वाचन आयोगले सरकारलाई माघ ११ गते निर्वाचन गर्न सिफारिस गरेको छ। आयोगले दुई वर्षका लागि रिक्त हुन लागेको एक तिहाई सदस्यहरुको निर्वाचन आगामी माघ ११ गते गर्न सिफारि सप्रस्ताव गरेको हो।

आयोगले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिबाट मनोनित एक सहित १९ जना सदस्यहरुको आगामी फागुनमा २० गते रिक्त हुने जनाएको छ।

राष्ट्रिय सभा सदस्‍य निर्वाचन ऐन, २०७५ बमोजिम रिक्त हुने समयभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *