राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राजनीति

काठमाडौं, १७ मंशिर । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । 
 
आयोगले माघ ११ गते हुन गइरहेको निर्वाचन कार्यक्रम स्वीकृत गर्दै पुस २३ गतेका लागि उम्मेदवारी दर्ताको समयसिमा जानकारी गराएको हो ।
 
आयोगका आगामी पुष २० गते निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्नेछ ।

प्रकाशित मतदाता नामावली प्रकाशित भए लगत्तै दाबी विरोधको गर्न पाउनु जनाउँदै आयोगले  पुस २२ गते अन्तिम मतदाता नामावलीसमेत प्रकाशन गर्ने जनाएको छ ।

आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो तीन बजे सम्मको समयसिमा भित्र गरिनेछ । 
 
उम्मेदवार मनोनयन दर्तामाथी दाबी बिरोध पुस २४ गते गर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *