काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो भारतीय गोलभेडाको औसत मूल्य प्रतिकेजी ४० रुपैयाँ, भारतीय गोलभेडा ४४ रुपैयाँ, टनेल गोलभेडा ६२ रुपैयाँ ६० पैसा, भारतीय सानो गोलभेडा ५२ रुपैयाँ ५० पैसा, रातो आलु ५५ रुपैयाँ ७५ पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको आलु, लोकल मूला र परवर ४५ रुपैयाँ, सेतो आलु ४४ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ७२ रुपैयाँ, काउली स्थानीय ११४ रुपैयाँ, रातो मूला, सखरखण्ड र तने बोडी ७५ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ६५ रुपैयाँ, लौका ४६ रुपैयाँ ६७ पैसा, चिचिण्डो ३५ रुपैयाँ, बरेला ११० रुपैयाँ र स्कूस १२ रुपैयाँ ५० पैसा तोकिएको छ ।
रायोको साग ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ ९० रुपैयाँ, डल्ले च्याउ ३४८ रुपैयाँ, कुरीलो ५२५ रुपैयाँ, सजिवन २२५ रुपैयाँ, सेलरी ४२५ रुपैयाँ, पुदीना ५५० रुपैयाँ, तामा ९५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३३५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, कालो अंगुर ४१० रुपैयाँ, अम्बा ११० रुपैयाँ, किवि ३०० रुपैयाँ, शरीफा, अभोकाडो र अकबरे खुर्सानी २५० रुपैयाँ पर्नेछ ।

