राजावादी हिंसाको विरोधमा नेविसंघको प्रदर्शन : गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता

राजनीति हेडलाइन

ईप्रेस मिडिया, चैत्र १६, २०८१

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रि–चन्द्र क्याम्पस इकाईले राजावादीहरूको हिंसात्मक आन्दोलनविरुद्ध शनिबार शक्तिशाली प्रदर्शन गरेको छ। क्याम्पस प्राङ्गण अगाडि आयोजित कोणसभामा नाराबाजी गर्दै नेविसंघले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढ संकल्प व्यक्त गरेको छ।

कार्यक्रममा स्ववियु सभापति पदका उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले सम्बोधन गरेका थिए। नेविसंघ नेता अशोक धामीले गणतन्त्रविरुद्ध सल्बलाएका आपराधिक गतिविधिलाई निस्तेज पार्न यो प्रदर्शन आयोजना गरिएको बताए। यस्तै, केन्द्रीय सदस्य केशरजंग बमले दशकौंअघि इतिहासको पानामा दाहसंस्कार गरिएको राजतन्त्रको पुनरागमन प्रयासविरुद्ध संगठन सधैं सचेत र सक्रिय रहने प्रतिबद्धता जनाए।

कोणसभाले आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनप्रति श्रद्धाञ्जली अर्पण गर्दै गणतन्त्रको पक्षमा जोडदार नाराबाजी गरेको थियो। नेविसंघले यस्ता गतिविधिमार्फत लोकतन्त्रको रक्षा र हिंसात्मक आन्दोलनको प्रतिवादमा आफ्नो अडान स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *