राजावादीले जलाए नेकपा एसको कार्यालय

राजनीति हेडलाइन

काठमाडौं, १५ चैत । राजावादीहरूको आन्दोलन हिंस्रक बन्द काठमाडौंको तीनकुने, कोटेश्वर क्षेत्रमा ब्यापक धनजनको क्षति भएको छ।
 
सोही क्रममा राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय, भाटभटेनी तथा नागरिक उडडयन प्राधिकरणको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । 
 
शुक्रबार अपराह्न राजावादीहरूले आलोकनगरमा रहेको नेकपा एसको केन्द्रीय कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । तर, अहिले दमकलको सहायतमा आगजनी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 
राजावादीहरूको आराजक समूह पार्टी कार्यालयभित्र प्रवेश गरेर सुरुमा तोडफोड गरेको थियो भने अर्को समुहले भाटभटेनी डिपार्टमेन्टल स्टोर, बालकुमारीतर्फ पनि तोडफोड गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *