राजतन्त्र कहिल्यै फर्किनेवाला छैनः देउवा

राजनीति हेडलाइन

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा राजतन्त्र कहिल्यै फर्किन नसक्ने बताएका छन। सोमबार नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन।

उनले धर्मनिरपेक्षताको सवालमा छलफल गर्न सकिने भए पनि गणतन्त्रको विकल्प नभएको बताए। उनले भने,‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन,’ उनले भने, ‘केही दिनदेखि देखिएको गतिविधीबारे देउवाले केही बोलेनन् भन्ने सुनेको छु । हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनैपनि गतिविधी हामिलाई मान्य छैन ।’

सभापति देउवाले पार्टीका सबै मतभेद हटाएर संगठन बिस्तारमा लाग्न कांग्रेस नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *