युद्ध समाप्त नभएसम्म बन्दीबारे वार्ता गर्न हमासद्धारा अस्वीकार

अन्तराष्ट्रिय

गाजा, ४ पुस । प्यालेस्टाइनी अतिवादी समुह हमासले नरसंहार युद्ध समाप्त नभएसम्म बन्दीहरूबारे वार्ता अस्वीकार गरेको छ ।
 
हमासका एक वरिष्ठ अधिकारी बसम नइमले एक विज्ञप्तिमा भनेका छन् कि समूह युद्ध अन्त्य गर्न कुनै पनि पहल गर्न तयार छ।
 
‘हामी निरन्तर इजरायली नरसंहार युद्ध अन्तर्गत कैदी आदान प्रदानमा कुनै पनि प्रकारको वार्ता गर्नलाई स्पष्ट रूपमा अस्वीकार गर्ने हाम्रो अडानलाई पुष्टि गर्दछौं,’ उनले भने।
 
‘यद्यपि, हामी हाम्रा जनता माथिको आक्रमण अन्त्य गर्न र प्यालेस्टिनी जनतालाई सहायता र राहत प्रदान गर्न क्रसिङहरू खोल्न योगदान गर्ने कुनै पनि पहलका लागि खुला छौं,’ उनले अगाडी भने ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *