यस्तो छ नेपालले अमेरिकाविरुद्ध खेल्ने टी- २० सिरिजको खेल तालिका

खेलकुद

काठमाडौँ । नेपालले अमेरिकाविरुद्ध खेल्ने तीन खेलको टी- २० सिरिजको खेल तालिका सार्बजनिक भएको छ ।
नेपालले पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।
सबै खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुने छन् भने यी खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ ।
यसैबीच अमेरिकाले नेपालविरुद्ध खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको छ ।  अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद रहेका छन् ।
नेपाली टिम भने क्यानडा टूर पुरा गरेर अमेरिका पुगिसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *