म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

खेलकुद

काठमाडौँ, २४ । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ ।
 
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले विगन एथलेटिकलाई २-० गोल अन्तरले पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको हो ।
 
म्यानचेस्टर युनाइटेडको जितमा डिओगो डालोट र ब्रुनो फेर्नानडेजले एक एक गोल गरेका थिए ।
 
अब म्यानचेस्टर युनाइटेडले चौथो चरणमा न्यूपोर्ट र एस्टलेइफबीचको विजेतासँग २७ जनवरीमा खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *